बागमतीमा नुहाउन गएका युवक मृत भेटिए

Prabhu Bank

काठमाडौ । बाग्मती नदीले बगाएर एक युवक मृत भेटिएका छन्।

Saftey Pads

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा गएराती नुहाउने क्रममा सिनामंगल बस्दै आएका रामेछापका २३ वर्षीय तेन्जिङ लामा मृत फेला परेका हुन्।

उनी बोलबमको लागि सुन्दरीजल गएका थिए। खोज तलासको क्रममा लामालाई गएराति करिब पौने ३ बजे फेला परेको प्रहरी वृत्त बौद्धले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सीमा सुरक्षा सरकारको प्राथमिकतामा: गृहमन्त्री थापा
Maruti Cement