प्रधानमन्त्री ओली स्वदेश फर्किए

Prabhu Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्।

Saftey Pads

स्वास्थ्य उपचारपछि थाई एयरवेजको जहाजबाट उनी सोमबार सवा १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेका हुन्।

आफ्नो भ्रमण अनौपचारिक भन्दै उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सेनाको सलामी ग्रहण भने गरेनन्।

प्रधानमन्त्रीको प्रतिक्रिया लिन पत्रकारहरु पनि प्रतीक्षा गरेर विमानस्थल पुगेका थिए, तर प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्न मानेका छैनन् । स्वास्थ्यबारे जानकारी दिनुप¥यो भनेर पत्रकारहरुले आग्रह गर्दा ओलीले केही दिनमा थाहा पाइहाल्ने बताएका छन्।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सरकारका अन्य मन्त्रीहरु, नेकपा नेता बामदेव गौतम, सुवास नेम्वाङलगायत विमानस्थलमा पुगेका थिए।

उनी अघिल्लो शनिबार फलोअप उपचारका लागि सिंगापुर गएका हुन्।

अन्य सम्बन्धित समाचार:  अमेरिकाको टेक्सासमा खानेपानीमा मानिसको मस्तिष्क खाने जीवाणु
Maruti Cement