राष्ट्र निर्माणको अभियानमा युवाहरु सहभागी हुनुपर्छः पोखरेल

Prabhu Bank

काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्र निर्माणको अभियानमा सहभागी हुन युवाहरुलाई आग्रह गरेका छन्।

Saftey Pads

अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार केन्द्रित रहेको भन्दै उपप्रधानमन्त्री पोखरेलले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गराउने कार्यमा क्रियाशील हुन युवाहरुलाई आह्वान गरेका हुन्।

उनले सरकारले पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे। त्यसका लागि युवाहरुले पनि सक्रियतापूर्वक योगदान पु¥याउनुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाई छ।

उपप्रधानमन्त्री पोखरेलले सरकारले मुलुकको समृद्धिका लागि उर्जा क्षेत्रको विकासमा पनि विशेष जोड दिएको स्पष्ट पारे।

अन्य सम्बन्धित समाचार:  अपहरणको अभियोगमा रेष्टुरेष्ट सञ्चालक डेविड पक्राउ
Maruti Cement