लाइसेन्सको ट्रायल परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

Prabhu Bank

काठमाडौं । सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आउने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

Saftey Pads

यातायात व्यवस्था कार्यालय ललितपुरले सञ्चालन गरेको प्रयोगात्मक परीक्षा दिन आएका काठमाडौं डल्लु बस्ने सुर्खेतका १८ वर्षीय बिनोद शाही पक्राउ परेका हुन्।

ललितपुर महानगरपालिका १३ कुसुन्तीस्थित सुजुकी ट्रायल सेन्टरमा आइतबार सञ्चालित ट्रायल परीक्षामा सुर्खेतका दिनेश अधिकारीको नाममा ट्रायल दिने क्रममा शाहीलाई पक्राउ गरेको हो।

उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  सुदूरपश्चिममा हुड्क्यौली परम्परा लोप हुँदै
Maruti Cement