खोलाले बगाएर एक जनाको मृत्यु

उदयपुर । खोलाले बगाएर उदयपुरमा एक जनाको मृत्यु भएको छ।

बेलका नगरपालिका– १ आम्बासीका ६६ बर्षीय राजकुमार तामाङको खोलाले बगाएर मृत्यु भएको हो।

आइतवार दिउँसो पौने ४ बजे तामाङलाई स्थानीय काली खोलाले बगाएको थियो।

खोला बगाएपछि प्रहरी चौकी भागलपुरको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा काली खोलाको दोभानमा तामाङको शव फेला परेको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  बिहीबारको मौसमः तराईमा बाक्लो हुस्सु र कुहिरो