घूस रकमसहित एक शिक्षक पक्राउ

Prabhu Bank

काठमाण्डौ । दस हजार घूससहित सोमबार एक शिक्षकलाई दाङबाट पक्राउ गरेको छ।

Saftey Pads

अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेपालगञ्जको टोलीले घोराही उपमहानगरपालिका वडा नम्बर १८ को माध्यमिक विद्यालय रझेनाको उच्च मावि राहत दरबन्दीमा कार्यरत शिक्षक गणेश केसीलाई पक्राउ गरेको हो।

विद्यालयमा सञ्चालन भइरहेको सिभिल इञ्जिनियरिङ प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै उनले एक विद्यार्थीबाट १० हजार रुपैयाँ घूस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ।

पक्राउ परेका केसीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

रुकुमको सिन्ने घर भएका शिक्षक केसी अंग्रेजी शिक्षक हुन्।

अन्य सम्बन्धित समाचार:  दुई दिन बिदाको प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्दै पर्यटन मन्त्रालय
Maruti Cement