एभरेष्ट प्रिमियर लिग फागुनमा

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता आगामी फागुन तेस्रो साता हुने भएको छ।

आयोजक इपिएलले प्रतियोगिता आगामी फागुन १७ देखि चैत १ गतेसम्म गर्ने घोषणा गरेको हो।

मंसिरमा गर्ने भनिएको इपिएल मौसमका कारणले फागुन सारिएको जनाइएको छ।

इपिएलले आइसिसीसँग अनुमति लिने प्रक्रिया अघि बढाएको जनाएको छ।

यसपटक पनि विदेशी खेलाडी ल्याउने इपिएलले जनाएको छ। यसपटक एक टिममा एक अन्तर्राष्ट्रिय खेलाडी आइकोनिक खेलाडीको रुपमा हुने बताइएको छ। आइकोनिक खेलाडी टेस्ट राष्ट्रका हुने आयोजकको दाबी छ।

गत सिजनको लिगमा ६ टिमबीच प्रतिस्पर्धा भएको थियो। काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर,

पोखरा राइनोज र चितवन टाइगर्स प्रतिस्पर्धा गरेका थिए। जसमा ललितपुर च्याम्पियन बनेको थियो।

यसअघि इपिएलका लागि प्रत्येक टिमले ३–३ जना विदेशी आबद्ध हुने प्रावधान थियो।

तपाईंको प्रतिक्रिया/टिप्पणी