सद्भाव समुह कतारद्धारा अन्तरक्रिया कार्यक्रम सञ्चालन

काठमाण्डौ । साझा सद्भाव समूह कतारको आन्तरिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

मुस्लिमहरूको दोस्रो ठूलो पर्व बक्र ईदको अवसरमा ११ अगस्टका दिन दोहाको सनैया छेत्रमा समुहका सदस्य तथा शुभेच्छुकहरू बिचमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको हो।

सद्भाव समूहले आपसी सद्भाव बाँड्दैै मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरेको हो।

सद्भाव समुहका संयोजक गणेश कार्कीको सभापतित्व रहेको कार्यक्रममा राष्ट्रिय संयोजन समिति सदस्य सुर्य नारायण गौतम, प्रकाश सुवेदी लगायतले स्वागत मन्तव्य राखे।

सहसंयोजक धु्र्रवराज भण्डारीले समन्वयात्मक बजार अर्थतन्त्र बारेमा प्रष्ट पारेका थिए। न्याय तथा अनुशासन उपसमिति संयोजक दीपक कुमार बिकले मूल्य मान्यता बारे बताए।

सल्लाहकार सन्तोष केसीले कल्याणकारी लोकतन्त्र र समतामूलक समृद्धि बारे स्पष्ट पारे।  गोपाल न्यौपाने र कोषाध्यक्ष सुजन ढकालले कार्यक्रम सञ्चालन गरेका थिए।

५ जना शुभेच्छुकले सद्भाव समुहमा आबद्ध रहने प्रतिबद्धता सहित सदस्यता ग्रहण गरेका छन्।

यस्तै सभापति संयोजक गणेश कार्कीले यसै महिना नेपाल फर्किने अल्खोर क्षेत्रीय इकाई सचिव मुकुन्द अर्याल, सदस्य हरि प्रसाद काफ्ले तथा सदस्य शकर पुरीलाई सम्मानपत्र प्रदान गरी बिदाई गरेका छन्।

तपाईंको प्रतिक्रिया/टिप्पणी