लागुऔषधसहित दुई युवा पक्राउ

Prabhu Bank

उदयपुर । उदयपुरमा लागुऔषधसहित दुई युवा पक्राउ परेका छन्।

Saftey Pads

त्रियुगा नगरपालिका ६ लालपत्ताबाट सिराहाको भगवानपुर गाउँपालिका २ का २० वर्षीय मुकेशकुमार यादव र २३ वर्षीय रमेशकुमार महतो पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा स.७.प. ८८०९ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरुलाई सोमबार पक्राउ गरेको हो।

पक्राउ परेकाको साथबाट प्रहरीले फेनारगन १ सय एम्पुल, नोर्फिन १ सय एम्पुल, डाइजोल्याप १ सय एम्पुल र नगद ७ हजार २ सय ३० रुपैयाँ फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए।

दुवैलाई प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सुनको भाउ ८ सयले बढ्यो: ताेलाकाे ९३ हजार ९ सय
Maruti Cement