आफ्नै श्रीमती, सासू र सालोमाथि खुकुरी प्रहार, तीनैजना घाइते

Prabhu Bank

काठमाण्डौ । अर्घाखाँचीमा ससुरालीमा आएर ज्वाइँले आफ्नै श्रीमती, सासू र सालामाथि खुकुरी प्रहार गरेका छन्। खुकुरी प्रहारबाट तीनैजना गम्भीर घाइते भएका छन्।

Saftey Pads

खुकुरी प्रहारबाट श्रीमती १८ वर्षीया गीता घर्ती, सासू ४३ वर्षीया भुमकला क्षेत्री र सालो ११ वर्षीय अर्जुन क्षेत्री गम्भीर घाइते भएका हुन्।

भुमिकास्थान नगरपालिक ६ खमारीबासका २७ वर्षीय चिरन घर्तीले सोमबार राति भुमिकास्थान नगरपालिका ८ लम्ची ससुरालीमा पुगेर खुकुरी प्रहार गरेका थिए।

खुकुरी प्रहार गरेर तीनैजनालाई घाइते बनाएपछि उनी फरार रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए।

घाइते तीनैजनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटबल पठाइएको थियो।

अन्य सम्बन्धित समाचार:  थप ९ प्रकारका स्यानिटाइजर गुणस्तरहीन: प्रयोग नगर्न आग्रह

बुटबलमा पनि उपचार हुन नसकेपछि तीनैजनालाई चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले बताएको छ। पहिलेदेखि घरमा झगडा हुन थालेपछि चिरनकी श्रीमती माइतमा बस्दै आएकी थिइन्।

२, ३ वर्ष पहिलेदेखि श्रीमान श्रीमतीबीच झगडा हुँदै आएको स्थानीयले बताए। दुई वर्षअघि श्रीमान श्रीमतीको झगडा प्रहरी चौकी खिल्जीमा छलफलपछि मिलाएको थियो।

मुख छोपेर ससुरालीमा आएका उनले परिवारमा रहेका तीनैजनालाई खुकुरी प्रहार गरी भागेका छन्। फरार रहेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Maruti Cement