
काठमाडौं । सुनको भाउमा रेकर्ड माथि रेकर्ड थपिएको छ। यसै क्रममा मंगलबार पनि भाउ अझै बढेर प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ।
नेपाली बजारमा अघिल्लो दिनको तुलनामा भाउ १ हजार रुपैयाँले बढेर ७१ हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
मंगलबारको भाउ अहिलेसम्मकै उच्च हो। यसअघि सोमबार सुनको मूल्य ७० हजार रुपैयामा कारोबार भएको थियो।
महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य पनि प्रतितोला पनि १ हजार रुपैयाँले बढेर ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदी पनि प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको छ। यता, भाउ निरन्तर बढेपछि बजारमा क्रेता ज्यादै न्यून देखिएका छन्। बिक्रेताको भने भीड लागेको छ।
उपभोक्ताहरुले बजारमा सुन बिक्री गर्न नपाएको गुनासो गरेका छन्। सुनका बिक्रेताहरुले पनि सजिलै लिन मानेका छैनन्। सुनचाँदीका गहना बेच्नेको भीड लागेपछि कतिपय सुनचाँदी पसल हुन थालेको सेवाग्राहीको गुनासो छ। नेपालमा सुनको भाउ अन्तराष्ट्रिय बजारका आधारमा निर्धारण हुन्छ।
अन्तराष्ट्रिय बजारमा पनि सुनको भाउ ६ वर्ष यताकै उच्च विन्दुमा पुगेको सञ्चार माध्यमहरुले जनाएका छन्।
विश्व बजारमा सुन प्रतिआउन्स ०.६४५ १ हजार ५२६.८५ डलर सम्म पुगेको छ। यसअघि सन् २०१३ मा विश्व बजारमा सुन प्रतिआउन्स १ हजार ३८१.०७ डलरसम्म पुगेको थियो।
तपाईंको प्रतिक्रिया/टिप्पणी |
---|