विद्यालयका कर्मचारी मृत भेटिए

Prabhu Bank

गोरखा । गोरखा नगरपालिका–१० टक्कसारस्थित बहिरा आवासीय माध्यामिक विद्यालयमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन्।

Saftey Pads

सोमबार साँझ ८ः३० बजेपछि विद्यालयको काम सकेर घर फर्किएका सोही ठाउँका ५० वर्षीय श्यामहरि घिमिरेको शव स्थानीय कवाडी सामुदायिक वनमा फेला परेको हो।

हरेक दिन विद्यालयको काम सकेर साँझ घर फर्कने गरेका घिमिरे हिजो घर नफर्किएपछि परिवारले खोजी गरेको थियो।

मिरेले बोकेको प्लाष्टिकको झोला, झोलामा रहेका टर्चलाइटलगायतका सामान र एउटा चप्पल भने सडकको किनारामा भेटिएको र मृतकको शव भने झाँडीमा फेला परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मीले जानकारी दिए।

घटनास्थलमा पुगेर मृतकको शवको मुचुल्का गरी परीक्षणको तयारी भइरहको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  खर काट्ने क्रममा भिरबाट लडेर बैतडीमा एक जना मृत्यु

मृतक घिमिरेको टाउको र घुँडामा गम्भीर चोट भेटिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए। मृतक घिमिरे उक्त विद्यालयमा कार्यालय सहायकको रुपमा १८ वर्षदेखि काम गर्दै आएका थिए।

Maruti Cement