सन्दिप लामिछानेलाई अमेरिका प्रवेशमा रोक

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ।

क्यारेबियन प्रिमियर लिग खेल्न जानको लागि अमेरिकाको भिसा आवेदन दिएका सन्दिपले भिसा नपाएपछि ट्विट गर्दै आफु आश्चर्यमा परेको बताएका छन्।

उनले पीएम नेपाललाई मेन्सन गर्दै भनेका छन्, (‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’।

उनले क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए।

तपाईंको प्रतिक्रिया/टिप्पणी