तीन दिनदेखि हराएका एक युवा मृत भेटिए

काठमाडौं । तीन दिनदेखि हराएका एक युवा बालकुमारीस्थित मनोहरा खोलामा मृत भेटिएका छन्।

उदयपुरको कटारी नगरपालिका २ घर भएका अन्दाजी ३२ वर्षीय हरि खड्का मृत फेला परेका हुन्।

उनको शव सड्न थालेको अवस्थामा मनोहरा खोला किनारामा मंगलबार बिहान प्रहरीले फेला पारको हो।

उनी काठमाडौंमा मूर्ति बनाउने काम गर्थे। उनको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ।

तपाईंको प्रतिक्रिया/टिप्पणी