अमेरिकी दूतावासले सन्दीप लामिछानेलाई पुनः बोलायो

काठमाण्डौ । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाण्डौस्थित अमेरिकी दूतावासले फेरि बोलाएको छ।

बिहान अन्तवार्ताका लागि बोलाएर भिसा दिन अस्वीकार गरेको दूतावासले दिउँसो फेरि बोलाएको हो।

क्यारेबियन प्रिमियर लिग खेल्न सन्दीपले भिसा अप्लाई गरेका थिए। तर, कुनै कारण बिनै सन्दीपको अप्लाई अस्वीकार गरेका थिए।

भिसा अस्वीकार भएपछि सन्दीपले चकित भएको प्रतिक्रियासहित ट्वीट गरेका थिए। लगत्तै दूतावासले सन्दीपलाई दूतावास बोलाएको छ।

नेपालले एक दिवसीय सिरिज अमेरिकासँग ६ महीनापछि खेल्ने भएकाले पनि सन्दीपले भिसा अप्लाइ गरेका हुन्।

विश्वका विभिन्न देशमा अन्तरर्रा्ष्ट्रिय खेल खेलिसकेका सन्दीपले आफू लुक्नका लागि भिसा अप्लाइ नगरेको प्रतिक्रिया दिएका छन्।

सन्दिप लामिछानेलाई अमेरिका प्रवेशमा रोक

तपाईंको प्रतिक्रिया/टिप्पणी