राष्ट्रलाई कमजोर बनाउने अधिकार कसैलाई छैनः डा. संग्रौला

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले सत्ता पक्षका नेताहरुले प्रजातान्त्रिक आन्दोलनको अपमान गरिरहेको आरोप लगाएकी छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले जनता र प्रजातान्त्रिक आन्दोलनको अपमान गरेर राष्ट्रलाई कमजोर बनाउने अधिकार कसैलाई नभएको बताएकी हुन्।

मुलुकको परिवर्तनका लागि नेपाली जनताले पटकपटक आन्दोलन गरेको स्मरण गराउँदै उनले परिवर्तनका लागि बगाएको रगतको सत्ता पक्षीय नेताहरुले अपमान गरिरहेको टिप्पणी गरिन्।

सत्तापक्षीय नेताहरुले देश परिवर्तनका लागि बगेको जनताको रगतको अपमान प्रजातन्त्रका लागि ठूलो चुनौती भएको पनि उनले जिकिर गरिन्।

तपाईंको प्रतिक्रिया/टिप्पणी