सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा

काठमाण्डौ । नेपाली क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन्।

मंगलबार विहान भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावसले तीन घन्टापछि भिसा दिएको हो।

सन्दीपले भिसा पाएको नेपाली टिमका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए।

यसअघि सन्दीपले क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०१९ खेल्न अमेरिका हुँदै जनाका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए।

सबै कागजात समावेश गर्दागर्दै पनि आफूलाई भिसा नदिएकोमा अचम्म लागेको भन्दै सन्दीपले ट्विटरमा पोस्ट गरेका थिए।

सन्दिप लामिछानेलाई अमेरिका प्रवेशमा रोक

अमेरिकी दूतावासले सन्दीप लामिछानेलाई पुनः बोलायो

तपाईंको प्रतिक्रिया/टिप्पणी