विदेशी सेनामा भर्ती गराउने प्रक्रिया बन्द गर्नुपछः भीम रावल

काठमाडौं । सत्तारुढ दल पाल कम्युनिस्ट पार्टी नेकपाका नेता भीम रावलले दुई पक्षीय सैनिक अभ्यासमा नेपाल संलग्न हुन नहुने बताएका छन्।

मंगलबारको प्रतिनिधि सभामा बोल्दै रावलले नेपालको संविधानले निर्देशित गरेको तथा आफ्नै अनुभवबाट उपयोगीसिद्ध संयुक्त राष्ट संघको बडापत्र, पञ्चशिलका सिद्धान्त, असंलग्न नीतिमा आधारित परराष्टनीतिमा अडिग रहँदै पारस्परिक समानता, सम्मान र हितको आधारमा परराष्ट नीति सञ्चालन हुनुपर्ने बताएका हुन्।

उनले नेपाली युवायुवतीलाई विदेशी सेनामा भर्ती गराएर नेपालको सार्वभौमिकतामा आँच र्पुयाउने राणा शासनले थोपरेको गलत सम्झौताबाट देशलाई मुक्त गराउनुपर्ने बताए।

उनले राष्ट्रिय परिचय पत्र, गाडीका नम्बर प्लेट, कर र भन्सार महशुलजस्ता संवेशनशील तथ्याङ्कको अभिलेख विदेशी सर्भरमा राखिन नहुने बताएका छन्।

तपाईंको प्रतिक्रिया/टिप्पणी