प्रधानमन्त्री निवासमा प्रर्दशनकारी र प्रहरीबीच झडप

काठमाडौं । लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन असमावेशी भएको भन्दै प्रधानमन्त्री निवास घेर्न पुगेका प्रर्दशनकारी र प्रहरीबीच झडप भएको छ।

आन्दोलनरत पक्षले मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटरमा विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनको क्रममा केही समय अवस्था असामान्य भएपनि हाल भने प्रदर्शनकारीहरु सडकमै बसेर धर्ना दिइरहेका छन्।

आरक्षण बचाउ आदोलनको नेतृ्त्वमा भइरहेको आन्दोलनमा विभिन्न जातीय संघसंस्थाको साथ रहेको छ।

लोकसेवा आयोगले संघीयताको मुल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशित गरेको विज्ञापनविरुद्ध खारेज गर्दै आरक्षणसहित नयाँ विज्ञापन जारी नगरेसम्म आन्दोलन नरोकिने अभियान्ताले जनाएको छ।

तपाईंको प्रतिक्रिया/टिप्पणी