नेकपा सचिवालय बैठक बुधबारका लागि सर्‍यो

Prabhu Bank

Sagoon

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कोसचिवालय बैठक बुधबारका लागि सारिएको छ।

Saftey Pads

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरेर फर्केलगतै मंगलबारबस्ने भनिएको बैठक तयारी नपुगेकाले सारिएको हो।

Rashifal Content

बैठक बुधबार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यसअघि साउन १३ गतेको बैठकमा केन्द्रीय विभाग, केन्द्रीय कमिटीका सदस्यको कार्य्विभाजनबारे भएको छलफलमा केन्द्रीय कमिटीका सदस्यको कार्य्विभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकताबारे सल्लाह गर्न र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउन सचिवालय सदस्यलाई निर्देशन दिइएको थियो।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले भने, ‘अयोध्याबारे भारतीय जनता नै विश्वस्त छैनन्’
Maruti Cement