ड्युटीमा खटिएका बेला लापरबाही गर्ने तीन प्रहरी कारबाहीमा

विराटनगर । विराटनगरको इलाका प्रहरी कार्यालय रानीमा ड्युटीमा खटिएका बेला लापरबाही गर्ने तीन प्रहरी कारबाहीमा तानिएका छन्।

विराटनगर भन्सार कार्यालयको दुई नम्बर ढाटमा ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक (असई) प्रदीप थापा, हवल्दार धिरेन्द्र मधुवन र जवान सन्तोश तामाङमाथि कारबाहीका लागि तीनैजनालाई जिल्ला प्रहरी कार्यालयमा तानिएको छ।

उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाउन आवश्यक छानबिन र अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए।

भन्सारको ढाटमा ड्युटीमा खटिएका तीनैजनामाथि भारतबाट भन्सार छली गर्दै अवैधरुपमा तस्करी गरेर ल्याइएका सामान कटाउन सहयोग गरेको, तस्करी गर्नेसँग पैसा उठाउने गरेको, ड्युटीमा लापरबाही गर्ने गरेको एवं नागरिक मैत्री सेवा प्रवाह नगरेको आरोप छ।

तपाईंको प्रतिक्रिया/टिप्पणी