पोखराको न्युरोडस्थित फर्निचर पसलमा भीषण आगलागी

पोखरा । न्युरोडमा भीषण आगलागी भएको छ। भाटभटेनी सुपरमार्केटको अगाडिको फर्निचर पसललगायत ४ वटा पसलमा आगलागी भएको हो।

आगो निभाउन ४ वटा दमकल प्रयोग गरिएको छ। साढे ४ बजेदेखि लागेको आगो नियन्त्रणमा आइसकेको छैन।

आगो निभाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।आगलागीको कारण थाहा हुन सकेको छैन। क्षतिसहित थप विवरण आउन बाँकी छ।

तपाईंको प्रतिक्रिया/टिप्पणी