फाप्लु विमानस्थलमा नेपाल एयरलाइन्सको चिनियाँ जहाजको परीक्षण उडान

काठमाडौं। नेपाल एयरलाइन्सको चिनियाँ जहाजले सोलुखुम्बुको फाप्लु विमानस्थलमा सफल परीक्षण उडान गरेको छ।

एयरलाइन्सले मङ्गलबार बिहान फाप्लु विमानस्थलसँगैं ओखलढुङ्गाको रुम्जाटार विमानस्थलबाट समेत सफल परीक्षण उडान गरेको हो।

१४ यात्रु क्षमता भएको उक्त चिनियाँ विमान Y12E २०७१ सालमा नेपाल भित्रिएको थियो। चिनियाँ जहाजले फाप्लु, रुम्जाटारका साथै भोजपुर, ताप्लेजुङमा समेत परीक्षण उडान गरेको निगमका अपरेशन डाईरेक्टर एवं क्याप्टेन दिपुराज ज्वारचनले जानाकारी दिए।

विशेषगरी उक्त विमान छोटो धावनमार्ग भएका विमानस्थलहरुमा उडान तथा अवतरणका लागि प्रभावकारी मानिन्छ ।

तपाईंको प्रतिक्रिया/टिप्पणी