साझा युवा सङ्गठनको प्रारम्भिक समिति गठन

Prabhu Bank

कठमाण्डौ । साझा पार्टीले आफ्नो आङ्गिक सङ्गठन साझा युवा सङ्गठनको प्रारम्भिक कमिटी गठन गरेको छ।

Saftey Pads

युवा नेता तथा साझा पार्टीका केन्द्रीय सदस्य अब्दुस मियाँ संयोजक रहेको उक्त सङ्गठनले सरोज गौतम महासचिव रहने गरी प्रारम्भिक समिति घोषणा गरेको हो।

कास्की घर भएका गौतम पेशाले आईटी इन्जिनियर हुन्।

मङ्गलबार बखुन्डोलमा भएको एक कार्यक्रमका बिच सङ्गठनले सुसंस्कृत राजनीतिलाई गाउँगाउँसम्म पु¥याउनका लागि साझा युवाको सङ्गठन निर्माण गर्ने साथै पूर्ण केन्द्रीय समितिको घोषणा आगामी असोज ५ गते काठमाडौमा गर्ने निर्णय गरेको छ।

उक्त घोषणा कार्यक्रमलाई प्रभावकारी बनाउन केही विभागीय टिम समेत निर्माण भएको छ।

जसअनुसार सङ्गठन निर्माण टिमको नेतृत्वमा इन्जिनियर मनोज पहारी, प्रचार टिमको नेतृत्व जितेन्द्र खतिवडा, विधान लेखन समितिको नेतृत्व प्रकृति पहारी, आर्थिक समितिको नेतृत्व आरजु लोहनी र लजिस्टिक म्यानेजमेन्टको नेतृत्व पदम बूढा मगरले गरेका छन्।

अन्य सम्बन्धित समाचार:  कोरोनाविरुद्धको खोपका लागि ३५ अर्ब अमेरिकी डलरको माग

संगठन विभागको जिम्मा लिएका मनोज पहारी पेशाले सिभिल इन्जिनियर हुन्।

लामो समय ’टिच फर नेपाल’मा रहेर काम गरेका पहारी पोखराका पर्यटन व्यवसायी पनि हुन्।

यसैगरी प्रकृति पहारी आइटी इन्जिनियर हुन्। जितेन्द्र खतिवडा चलचित्र निर्माता हुन् भने आरजु लोहनीले विभिन्न सामाजिक अभियानको नेतृत्व गरेकी छन्।

Maruti Cement