नेकपा सचिवालय बैठक आज बस्दै

Prabhu Bank

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ।

Saftey Pads

मंगलबारको बैठक पनि स्थगित भएपछि आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो।
गत साउन १३ गते बसेको बैठक मंगलबारका लागि बोलाईएको थियो।

यसअघि १३ गतेको बैठकमा केन्द्रीय निकायहरुको एकीकरण, जिम्मेवारी निर्धारण र केन्द्रीय समिति सदस्यहरुको कार्य्विभाजनका निम्ति उनीहरुको रुचिका प्राथमिकता सोध्ने निर्णय गरेको थियो।

पार्टीको केन्द्रीय निकाय अन्तर्गत केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद्, केन्द्रीय आयोगहरु, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभागहरुको टुंगो लाग्न बाँकी छन्।

अन्य सम्बन्धित समाचार:  दक्षिण कोरियालीको मृत्यु भएकामा उत्तर कोरियाद्वारा क्षमायाचना
Maruti Cement