वडा कार्यालयमा श्रृखलाबद्ध चोरी गर्ने व्यक्ति पक्राउ

Prabhu Bank

काठमाडौं । पोखराको वडा कार्यालयहरुमा श्रृखलाबद्ध चोरी गर्दै आएका एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले काठमाडौं–११ घर भई पोखरामा डेरा गरी बस्ने किशोर थापालाई नियन्त्रणमा लिएको हो।

Saftey Pads

उनले एक वर्षको अवधिमा पोखराका वडा कार्यालयमा श्रृखलाबद्ध चोरी गरेका थिए। उनी यसअघि पनि डाकाचोरी मुद्दामा दुई पटक जेल परिसकेका व्यक्ति हुन्।

पछिल्लो पटक ०७१ सालदेखि ०७४ सम्म जेल बसेका उनी छुटेलगतै फेरि चोरी धन्दामा लागेको पाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।

उनीसँगै चोरीको सामान किन्ने रुपचन्द्र गोपालीलाई पनि कास्की प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौंको कलंकीमा कम्प्युटर मर्मत पसल चलाएका उनले चोरीको सामान मात्र किनबेच गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

अन्य सम्बन्धित समाचार:  फेरि घट्यो सुनको भाउ
Maruti Cement