ट्राफिक महाशाखाको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

Prabhu Bank

काठमाण्डौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको गाडीले ठक्कर दिँदा कोटेश्वरमा एक पैदल यात्रुको मृत्यु भएको छ।

Saftey Pads

महाशाखाको बा १ झ ७८६६ नम्बरको गाडीले ठक्कर दिँदा नाम परिचय नखुलेका एकजना पुरुषको बुधबार बिहान मृत्यु भएको हो।

महाशाखाबाट मंगलबार राति ड्युटीमा गएका ट्राफिक प्रहरी चढेको गाडीले ती व्यक्तिलाई कोटेश्वर चोकनजिक ठक्कर दिएको थियो।

प्रहरीले उनलाई उपचारका लागि ट्रमा सेन्टर ल्याएको थियो। चिकित्सकहरुले बुधबार बिहान ९ बजे उनलाई मृत घोषणा गरेका हुन्।

अन्य सम्बन्धित समाचार:  कपिलवस्तु: खोलाले बगाएको जीप फेला, बेपत्ताको खोजी जारी
Maruti Cement