हिरासतमा प्रहरीले टुप्पी काटिदिएको आरोप

Prabhu Bank

धनगढी । कैलालीको चुरे गाउँपालिकामा रक्सी खाएर होहल्ला गर्दै गरेको अवस्थामा पक्राउ परेका भानसिंह धामीले प्रहरीमाथि भूmटो आरोप लगाएका छन्।

Saftey Pads

गाउँपालिकाको वडा नम्बर–६ की वडा सदस्य हर्मति ठगुन्नाले साउन २० गते श्रीमान धामीले रक्सी खाएर पिट्ने, गाली गर्ने र होहल्ला गरि गाउँभरिकालाई दुख दिने गरेको भन्दै फोन गरेपछि प्रहरीले उनलाई रङ्गेहात पक्राउ गरेको थियो।

तर,  पीडित धामीले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रहरीले आफूले रक्सी नखाएको बेलामा पक्राउ गरेर टुप्पी खोसेको आरोप लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उक्त समाचारको खण्डन गर्दै इलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी निरीक्षक माधव बिकले हिरासतमा व्यक्तिको जनै र टुप्पी केहीपनि नकाटिएको बताएका छन्।

अन्य सम्बन्धित समाचार:  खर काट्ने क्रममा भिरबाट लडेर बैतडीमा एक जना मृत्यु

इन्स्पेक्टर विकका अनुसार सुरक्षाका कारणले जनै निकाल्न अस्विकार गरेपछि प्रहरीले निकाले र त्यसैको भोलि बिहान जस्ताको त्यस्तै हस्तान्तरण गरेको बताए ।

इन्स्पेक्टर विकले हिरासतमा रहेका व्यक्तिलाई डोरी, लेस जस्ता सामग्री राख्न नपाइने कानूनी व्यवस्था रहेको बताए। साथै उनले उक्त मुद्दालाई धार्मिक मुद्दा बनाएर अफबाह नफैलाउन आग्रह गरे।

Maruti Cement