ट्रकको ठक्करबाट पुल भाँसियो, अवरुद्ध राजमार्ग डाइभर्सनबाट खुलाइयो

Prabhu Bank

काठमाण्डौ । ट्रकको ठक्करबाट पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पुर्वी नवलपरासीको अरुणखोला पुल भाँसिएको छ।

Saftey Pads

जिल्लाको मध्यविन्दु नगरपालिका ११ अरुणखोलास्थित बुधबार विहान ४ बजे पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रकले पुलको एक साईडमा ठक्कर दिँदा पुलमा क्षति पुगेसँगै पुल भाँसिएर राजमार्ग अवरुद्ध बनेकोे हो।

पुल भाँसिएपछि राजमार्ग अवरुद्ध भएको थियो। अहिले खोलामा डाइभर्सन बनाइ यातायात सुचारु गराइएको प्रहरीले जनाएको छ।

पुल भाँसिएको कारणले सो पुलबाट सवारी साधन चल्न रोक लगाइएको छ भने ती सवारी साधनहरु खोलामा डाइभर्सन बनाइ पठाइएको प्रहरीले जनाएको छ।

पुलमा ठुलो क्षति पुगेकाले पुलको मर्मत कार्य केहि दिन लाग्ने भएकाले सोही खोलामा अर्काे पनि डाइभर्सन बनाई दुबै साइडबाट यातायात सुचारु गराउने प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  केही स्थानमा भारी वर्षाको सम्भावना
Maruti Cement