प्रहरीलाई घुस दिन खोज्ने एक व्यक्ति पक्राउ

Prabhu Bank

काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेको छ।

Saftey Pads

प्रहरीलाई दिन खोजेको १० हजार घुस सहित पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २२ का ३५ वर्षीय उपेन्द्र प्रसाद यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बाराको जीतपुर सीमरा उपमहानगरपालिका ७ स्थित ईलाका प्रहरी कार्यालय गई उनले अवैध रुपमा भारतबाट कुखुरा ल्याउने प्रयोजनका लागि १० हजार घुस दिन खोजेपछि पक्राउ गरिएको हो।

थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  नदीमा दाउरा झिक्न जाँदा बाबुछाेरी बेपत्ता
Maruti Cement