नेकपा सचिवालय बैठक फेरि स्थगित

Prabhu Bank

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक फेरि स्थगित भएको छ।

Saftey Pads

स्कुल विभागसहित जनवर्गिय संगठनको नेतृत्व लगायत विषयमा विवाद कायमै भएपछि बुधबार दिउसो ३ बजेका लागि बोलाईएको बैठक फेरि स्थगित भएको हो।

पार्टीभित्र आन्तरिक छलफल गर्नु पर्ने देखिएपछि बैठक बिहीबारका लागि सरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यस्तै बुधबार बिहान ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गरेको छलफल पनि विना निष्कर्ष सकिएपछि थप गृहकार्य गर्ने भन्दै भोलि बिहीबार सम्मका लागि स्थगित भएको सूचना जारी गरिएको हो।

सचिवालय बैठक बुधबार तीन बजेका लागि डाकिएकोे थियो। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपचार गरेर सिंगापुरबाट फर्किएकै भोलिपल्ट तोकिएको बैठक पहिले आन्तरिक छलफल गर्ने र आज बुधबार बैठक डाक्ने जानकारी ओलीले सचिवालय सदस्यहरुलाई दिएका थिए।

अन्य सम्बन्धित समाचार:  भाङ्ग्रेको जोखना

नेकपाको सचिवालय बैठक साउन १३ यता बस्न सकेको छैन।

Maruti Cement