मुलुुकको पर्यटन विकासका लागि सरकार गम्भीर छः पर्यटनमन्त्री

Prabhu Bank

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुुकको पर्यटन विकासका लागि सरकार गम्भीर रहेको बताएका छन्।

Saftey Pads

नवनियुक्तमन्त्री भट्टराईलाई बुधबार मन्त्रालयमा बधाई दिन पुुगेको नेपाल व्यापार सङ्घको टोलीसँग कुराकानी गर्दै उनले पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका हुन्।

उनले मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रको विकासमा मन्त्रालय लागिरहेको बताए।

सङ्घका अध्यक्ष कुमार कार्कीले तातोपानी र केरुङ नाकामा व्यापारीले भोग्नुुपरेको समस्याबारे मन्त्री भट्टराईको ध्यानाकर्षण गराउनुका साथै उनको सफल कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेका थिए ।

अन्य सम्बन्धित समाचार:  आईपीएलको एउटै खेलमा ३३ छक्का प्रहार
Maruti Cement