सुनको मूल्य तोलामा सात सय घट्यो

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य केही घटेको छ।

हिजो मंगलबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ७ सय घटेर प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको हो।

सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको उक्त मूल्य निर्धारण गरेको हो।

त्यसैगरी, तेजावी सुनको मूल्य पनि घटेको छ। मंगलबार तेजावी सुन ७० हजार ७ सयमा कारोबार भएको थियो भने आजर ७ सय घटेर प्रतितोला ७० हजार रुपैयाँ निर्धारण भएको छ।

पछिल्लो समय अमेरिका र चीनबीचको व्यापार युद्धको असर, इराक र अमेरीकाबीचको द्वन्द्व, आन्तरिक प्रतिस्पर्धा तथा विश्व बजारमा सेयर बजार कमजोर भएका कारण सुनको मूल्य बढेको बताइएको छ।

तपाईंको प्रतिक्रिया/टिप्पणी