नेपालले मलेसियन लिग च्याम्पियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने

Prabhu Bank

काठमाडौं । नेपालले मलेसियन सुपर लिग च्याम्पियन क्लब जोहर दारुल ताजिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

Saftey Pads

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय टीमले विश्वकप छनोट २०२२ को दोस्रो चरणको खेलको तयारीको रुपमा मलेसियन च्याम्पियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको जानकारी दिएको हो।

नेपालले यही अगष्ट २६ तारेखमा मलेसिया गई मैत्रीपूर्ण खेल खेल्नेछ। यो मैत्रीपूर्ण खेल नेपालको लागि राम्रो भएको मुख्य प्रशिक्षक योहान कालिनले बताएका छन्।

विश्वकप छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा रहेको छ। यो समूहमा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुवेत रहेको छ।

नेपाल र कुवेतविरुद्धको खेल यही सेप्टेम्बर पाँच तारिखमा उसैको भूमिमा हुदैछ।

अन्य सम्बन्धित समाचार:  आज आईपीएलमा कलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदराबाद भिड्ने
Maruti Cement