आर्थिक साझेदारीले नै दुई मुलुकको हित हुन्छः परराष्ट्रमन्त्री

Prabhu Bank

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीचको सम्बन्ध अब आर्थिक क्षेत्रतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

Saftey Pads

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री ज्ञवालीले नेपालले अघि सारेको समृद्धि र विकासको लक्ष्य हासिल गर्न दुवै देशबीच आर्थिक साझेदारीको सम्बन्ध बलियो हुनुपर्ने बताए।

सार्थक आर्थिक साझेदारीले नै दुई मुलुकको हित हुने उनको भनाइ थियो। मन्त्री ज्ञवालीले जलमार्गको विकासका लागि दुवै देशले गृहकार्य गरिरहेकाले २०२० सम्ममा यससम्बन्धी धेरै कामहरु भइसक्ने दाबी गरे।

भारतसँगको वाणिज्य सन्धि पुनरावलोकन गर्ने काम पनि भइरहेको बताउँदै उनले भारतसँगको आर्थिक सम्बन्धलाई उचाइमा र्पुयाउन सरकारले गृहकार्य थालिसकेको बताए।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीले नेपाल र भारतको सम्बन्ध बहुआयामिक रहेको भन्दै आगामी दिनमा सम्बन्धलाई अझ प्रगाढ राख्न भारत सरकार सचेत रहेको बताए।

अन्य सम्बन्धित समाचार:  घाइते सांसद प्रकाश स्नेहीको नर्भिकमा उपचार हुँदै
Maruti Cement