खाल्डोमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु

Prabhu Bank

काठमाण्डौ । काभ्रेको बनेपा नगरपालिका १ रायगाउँमा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ।

Saftey Pads

उद्योग स्थापनाका लागि खनिएको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीया बालिका रुक्साना गोलेको ज्यान गएको हो।

कक्षा ४ मा अध्ययरत रुक्साना दुई साथीहरु सँग बिहान साढे ११ बजे औषधि उद्योग खोल्न खनिएको ठाउँमा पुगेको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए।

पौडी खेल्न जाँदा ५-६ फिट गहिरो खाल्डोमा डुबेर मृत्यु भएको सापकोटाले बताए।

अन्य सम्बन्धित समाचार:  टोलटोलमै पुगेर विद्यार्थी पढाउँदै पर्वतका विद्यालय
Maruti Cement