पार्टी परित्यागसँगै विप्लव समूहका कार्यकर्ता रिहा

Prabhu Bank

काठमाण्डौ । नेत्रविक्रम चन्द विप्लव समूहमा आबद्ध भएको अभियोगमा पक्राउ परेका एक व्यक्ति कारागारबाट मुक्त भएका छन्।

Saftey Pads

सङ्खुवासभाको मादी नगरपालिका–५ बस्ने बुद्धिमान तामाङ कारागार मुक्त भएका हुन्।

उक्त समूहमा आबद्ध भएको भन्दै गत वैशाख २३ गते पक्राउ परेका तामाङलाई जिल्ला कारागारमा ल्याइएकोमा उनले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आगामी दिन सो समूहमा लागेर कुनैपनि गतिविधि नगर्ने भनी प्रतिबद्धता जनाउँदै एक विज्ञप्ति पनि निकालेकाले कारागारमुक्त गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  वामदेवलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन सर्वोच्चको अन्तरिम आदेश
Maruti Cement