अब प्रबिधिबाटै गरिन्छः मन्त्री अर्याल

Prabhu Bank

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले समग्र जग्गा प्रशासनको व्यवस्थापन अब प्रविधिबाटै गरिने बताएकी छन्।

Saftey Pads

मन्त्रालयमा बुधबार सचिव, सहसचिव, मन्त्रालय मातहतका विभागीय महानिर्देशक लगायतसँग मन्त्रालयको कार्यसम्पादन करार सम्झौतापत्रमा हस्ताक्षर गर्दै मन्त्री अर्यालले सबै बेथितिहरूलाई सिस्टमबाट नै रोकौं भनेर आफुहरू लागेका बताएकी हुन्।

सार्वजनिक सरकारी र गुठीको जग्गाको संरक्षणका लागि आवाज उठिरहेको भन्दै उक्त कार्यको थालनी सरकारले गरिसकेको उनले बताइन्।

यदि कसैले सरकारी वा सार्वजनिक जग्गा अरू कसैको नाममा दर्ता गर्न खोजे सफ्टवेरले नै नलिने सिस्टमको विकास गरिएको मन्त्री अर्यालको तर्क छ।

अर्को कुरा अनलाइन सेवा लागू नभएका ठाउँमा यो सफ्टवेरको व्यवस्था लागु गर्न सकिँदैन। एउटा सिस्टमबाट रोक्ने र सिस्टम प्रयोग गर्न नसकिएको ठाउँमा कसरी जाने भनेर हामी छलफलमा रहेको उनले बताइन्।

अन्य सम्बन्धित समाचार:  मन्त्रिपरिषद् पुनर्गठनको तयारी : पहिला संघीय त्यसपछि प्रदेशमा
Maruti Cement