ट्रकको ठक्करबाट नेपाल बैंकका कर्मचारीको मृत्यु

Prabhu Bank

काठमाडौँ । सवारी दुर्घटना हुँदा काठमाडौँ महानगरपालिका–१६ बालाजुमा एक जनाको मृत्यु भएको छ।

Saftey Pads

नेपाल बैंक लिमिटेड ललितपुरमा कार्यरत ललितपुरका ५५ वर्षीय उद्धव सुनाम नेपालीको ज्यान गएको हो।

बालाजु औद्योगिक क्षेत्र मूलद्वार नजिक ना४ख १४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा पिपल्स अस्पताल नयाँबजारमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाले बताए।

ट्रक पछाडि सार्न खोज्दा पछिल्लो चक्काले किचेर उनी गम्भीर घाइते भएका थिए।  दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्य सम्बन्धित समाचार:  दुई दिन बिदाको प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्दै पर्यटन मन्त्रालय
Maruti Cement