सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा संघर्ष, ३० विद्रोहीसहित ६० लडाकु मारिए

Prabhu Bank

काठमाण्डौ । विद्रोहीको नियन्त्रणमा रहेको पश्चिमोत्तर सिरियामा सत्ता समर्थक र विद्रोहीबीचको संघर्षका दौरानमा मंगलबार ६० लडाकु मारिएका छन्।

Saftey Pads

सीरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सले दक्षिणी इदलिब र ग्रामीण लटाकियामा मंगलबार सरकार समर्थक ३० सुरक्षा बल र ३० विद्रोही लडाकु मारिएका जनाएको छ।

सिरियाको पूर्व अल–कायदा संगठनको नेतृत्व रहेको जिहादी समूह हयात तहरीर अल–शामले गत जनवरीबाट इदलिब प्रान्तका साथै छिमेकी हामा, अलेप्पो र लटाकिया प्रान्तका अधिकांश भाग नियन्त्रणमा लिएको छ।

ती क्षेत्रमा कयौं अन्य सशस्त्र विद्रोही समूह पनि सक्रिय छन्। एजेन्सी

अन्य सम्बन्धित समाचार:  भारतमा ५० लाखभन्दा बढी कोरोना संक्रमित निको
Maruti Cement