‘सोच’ को ट्रेलरमा नीता र प्रज्वलको प्रेम

Prabhu Bank

काठमाण्डौ । एक्शन लभस्टोरी फिल्म ‘सोच’ को ट्रेलर बुधबार सार्वजनीक गरिएको छ।

Saftey Pads

भदौ २० गते एकल प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र नवनायक पुजन सिंहबीचको प्रेम र द्धन्द्धको सेरोफेरो देखिन्छ।

केही समयअघि टिजर र एउटा गीत सार्वजनीक गरिएको फिल्मलाई पुजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेका हुन्।
पुजनकै कथा रहेको फिल्मको निर्मातामा गंगा रजक र एसडी रहेका छन्। सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्मित फिल्मलाई बिदुर पाण्डेले खिचेका हुन्।

कृष्ण आचार्यको पटकथा,सम्वाद रहेको फिल्ममा एनबि महर्जनको द्धन्द्ध, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन छ।

अन्य सम्बन्धित समाचार:  लागुपदार्थ सम्बन्धी साेधपूछमा किन राेइन् दीपिका पादुकोण?

उत्तम केसी, बिशाल पहाडी,सोनीका,किरण थापा, रितेश श्रेष्ठलगायतका कलाकारको समेत अभिनय रहेको फिल्म भरपुर मनोरञ्जक बनेको निर्देशक पुजन बताउछन्। ‘सोच’ लाई आरआर फिल्मस्ले बितरण गर्दैछ।

Maruti Cement