नेपाल र भारत सीमाबारेका कागजात परराष्ट्रका कर्मचारीले लुकाएः नेपाल

Prabhu Bank

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल भारतबीच सीमा सम्बन्धमा गरिएका पुराना दस्तावेजहरु परराष्ट्र मन्त्रालयका कर्मचारीले लुकाएको आरोप लगाएका छन्।

Saftey Pads

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा नेपालले सरकारका कर्मचारीबाट नै पुराना दस्तावेजहरु लुकाउने काम भएको दाबी गरेका हुन्।

उनले कर्मचारीको नियत र मुलुकप्रतिको उत्तरदायित्वमाथि नै शंका व्यक्त गरे। राष्ट्रसेवक कर्मचारीहरुले अन्य देशको हितमा हुने गरी काम गर्नका लागि विभिन्न किसिमका सुविधा लिने गरेको सुन्नमा आएको भन्दै शंकास्पद कर्मचारीमाथि निगरानी बढाउन सरकारको ध्यानाकर्षण गराए।

अन्य सम्बन्धित समाचार:  डोनाल्ड ट्रम्पले भने, चुनावमा हारे पनि चुपचाप हट्दिँन
Maruti Cement