गैरआवासीय नेपालीले प्रतिव्यक्ति १० विदेशी ल्याउनुहोस्ः पर्यटनमन्त्री

Prabhu Bank

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गैरआवासीय नेपालीहरुलाई प्रतिव्यक्ति १० जना विदेशी पर्यटक नेपाल ल्याउन आग्रह गरेका छन्।

Saftey Pads

नेपाल चेम्बर अफ कमर्सले नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन, सम्भावना तथा सहजीकरणका सन्दर्भमा निजी क्षेत्रको भूमिकाबारे बुधबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले पर्यटक ल्याएबापत सरकारले गैरआवासीय नेपालीलाइ सम्मान गर्ने बताएका हुन्।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेअनुसार त्यसलाई सफल पार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउँदै मन्त्री भट्टराईले गैरआवासीय नेपाली १ जनालाई १० विदेशी पर्यटक भित्र्याउन आग्रह गरे।

भ्रमण वर्ष सफल पार्न नेपालको हवाइ क्षेत्र पनि क्रमशः सुधार गर्दै जाने मन्त्री भट्टराईले बताए।

अन्य सम्बन्धित समाचार:  पाल्पामा पहिरोले घर पुरिँदा ५ बेपत्ता

त्यस्तै उनले एयर ट्राफिक जाम कम गर्ने प्रयास गरिने बताउँदै भ्रमण वर्षका लागि तयारीस्वरुप एयरपोर्ट कर्मचारी, प्रहरी, आर्मीलाई पर्यटकसँग कसरी व्यवहार गर्ने भनेर तालिम दिने बताए।

यसका लागि विमानस्थलले नै सहकार्य गर्नेछ। त्यस्तै रसुवागढी, वीरगञ्ज, सुनौली लगायतका भारत र चीनसँग जोडिएका सीमानाकामा कार्यरत सुरक्षा अधिकारीलाई पनि स्थलमार्गबाट आउने पर्यटकसँग व्यवहार गर्न आवश्यक तालिम दिइने उनको भनाइ छ।

Maruti Cement