मेलम्ची आयोजना निर्धारित समयमै सम्पन्न गर्नुपर्छः खानेपानी मन्त्री

Prabhu Bank

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजनाको काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएकी छन्।

Saftey Pads

मन्त्री मगरको उपस्थितिमा बुधबार सिंहदरबारमा सम्पन्न भएको बैठकले मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलसहितको टीमलाई आयोजनाका प्रमुखसहितको टीमलाई आयोजनास्थलमै खटेर बाँकी कामलाई द्रुत गतिमा अघि बढाउन निर्देशन दिएकी हुन्।

आयोजनाका प्रमुख, समितिका अन्य पदाधिकारी र डिभिजनल इन्जिनियरहरु सहितको टोलीलाई आयोजनास्थलमा खटाउने र आयोजनामा देखिएको अन्यौल हटाउँदै अघि बढ्न मन्त्रीबाट निर्देशन जारी भएको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।

मेलम्ची आयोजनाको काम छाडेर हिंडेको ठेकेदार कम्पनी सिएमसीबाट बाँकी भुक्तानी पाउन स्थानीय ठेकेदार तथा भेण्डरहरुले दाबी गरेका रकमको सन्दर्भमा अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रालयका सहसचिव चन्द्रबहादुर केसीको संयोजकत्वमा एक समिति समेत गठन गरिएको छ।

अन्य सम्बन्धित समाचार:  दैलेखमा बालविवाह गर्ने दुई जोडी पक्राउ

आयोजनाका प्रमुख कँडेलले हेडवक्र्स र सुरुङ फिनिसिङ जस्ता ठूला प्याकेजका कामको ठेक्का सम्झौता गर्ने तयारी अन्तिम चरणमा रहेको जानकारी दिए। उनले अहिले नदी संरक्षण र सुरुङभित्र भेन्टिलेसन साफ्टको काम भईरहेको बताए।

Maruti Cement