हर्षोल्लासका साथ जनैपूर्णिमा मनाइँदै 

Prabhu Bank

काठमाडौं। आज साउन शुक्ल पूर्णिमा, देशभर हर्षोल्लासका साथ जनैपूर्णिमा मनाइँँदै छ।

Saftey Pads

आजको दिन आम तागाधारीले जनै फेरेर डोरो बाँध्ने र चूडाकर्म नगरेका सनातन हिन्दू धर्मावलम्बीले नाडीमा डोरो (रक्षाबन्धन) ग्रहण गर्ने गर्दछन्।

ऋषितर्पणी, जनैपूर्णिमा, रक्षाबन्धन र गुंपुन्हीका दिनका रूपमा यो दिन उत्सवका साथ मनाइन्छ। सत्ययुगमा दानवले देवतालाई लखेट्दा गुरु वृहस्पतिले देवताका लागि रक्षा विधान तयार गरी दानवराज बलि बाँधिएर देवताको रक्षा गरेको स्मरणमा यो पर्व मनाइँँदै आएको छ।

‘येन बद्धो बलिराजा दानवेन्द्रो महावल तेन त्वां प्रतिब्ध्नामी रक्षामा चलमाचल’ मन्त्रोच्चारण गरी जप, तप र पूजा गरिएको रक्षाबन्धन बाँध्ने प्रचलन छ।

रक्षाबन्धन वा नूतन यज्ञोपवित (नयाँ जनै फेर्दा फेराउँदा)गोबर, खरानी दतिउन र सप्तमृत्तिकाले यसअघि ब्राह्मण यजमान दुवैले त्रिवेणी दोभान, तलाउ, सागर, नदी वा पायक परेको पानीको अन्य स्रोतमा स्नान गरी चोखो र शुद्ध रहने परम्परा छ।

अन्य सम्बन्धित समाचार:  काठमाडौँ उपत्यकामा कोरोना संक्रमण नियन्त्रण बाहिर

जनैका दुई शिखामा रहेका ६ डोरामध्ये तीनवटा ब्रह्मा, विष्णु, महेश्वर र अर्का तीन डोरालाई कर्म, उपासना र ज्ञानको रूपमा लिइन्छ। तराईमा दिदीबहिनीले दाजुभाइलाई रक्षाबन्धन बाँधेर दीर्घायुको कामना गर्ने प्रचलन छ।

थितिअनुसार आज २ः५३ बजेदेखि पूर्णिमा लागेको छ। बिहीबार ४ः२८ बजेसम्म डोरो बाँध्ने र जनै फेर्ने कार्य गर्न सकिन्छ।

Maruti Cement