रवीन्द्र मिश्रले दिए प्रचण्ड र ओलीलाई जेल हाल्ने चेतावनी!

Prabhu Bank

काठमाडौं। नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली विदेश भ्रमणबाट फर्किएको धेरै भएको छैन।

Saftey Pads

महिनैपिच्छे कहिले उपचारका नाममा त कहिले घुमफिरका नाममा नेताहरू विदेश गइरहेको समाचारले जनता वाक्क छन्।

अध्यक्षद्वय जब स्वदेश फर्के तब नेपाली राजनीतिक वृत्तमा धेरै प्रश्नहरू जन्मिएका छन्। धेरै राजनीतिक दलका व्यक्ति, राजनीतिक विश्लेषक तथा सरोकारवालाहरूले अध्यक्षद्वयसँग बारम्बार विदेश जान पुग्ने पैसा कहाँबाट आयो भनेर प्रश्न उठाएका छन्।

व्यक्तिगत सम्पत्ति नभएको देखाउने अनि राज्यबाट पनि लिएको छैन भन्ने तर, महिनैपिच्छे विदेश गइरहनुलाई शङ्काको घेरामा लिनु आश्चर्यजनक हुने कुरै भएन।

यसैबीच साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रचण्ड र ओलीको विदेश भ्रमणकै सन्दर्भमा फेसबुक र ट्विटरमा एउटा आक्रोशपूर्ण स्टाटस पोष्ट गरेका छन्।

अन्य सम्बन्धित समाचार:  दक्षिण कोरियालीको मृत्यु भएकामा उत्तर कोरियाद्वारा क्षमायाचना

संयोजक मिश्रको स्टाटस साझाले देशको बागडोर सम्हाल्ने जिम्मा पाएको खण्डमा देश अनियमितताबाट टाढा रहने र अनियमितता गर्नेलाई जेल हाल्नेतर्फ सोझिएको छ। ‘कहाँबाट आयो पैसा? साझाले देशको नेतृत्व गर्ने अवसर पाओस् अनि समाजवाद र साम्यवादको नाममा गरीब नेपाली मारेर विचौलिया पोसेर गरेको कुकर्म र वैद्य स्रोतबिना गरेको सिङ्गापुर दुबई यात्राको स्वाद कठघरा र जेलको छिँडीमा छताछुल्ल हुनेछ। हे ईश्वर त्यो दिन चाँडै आओस्!” उनले स्टाटसमा भनेका छन्।

वास्तवमा आम नेपालीहरूको चाहना पनि संयोजक मिश्रको जस्तै हो। र उनीहरूले हेर्न चाहेको देश पनि उस्तै हो।

ट्विट:

 

अन्य सम्बन्धित समाचार:  सीमा सुरक्षा सरकारको प्राथमिकतामा: गृहमन्त्री थापा
Maruti Cement