साझा सद्भाव समूह भारतको संयोजकमा भट्टराई 

Prabhu Bank

काठमाडौं। साझा सद्भाव समूह भारतको राष्ट्रिय समिति संयोजकमा गङ्गाप्रसाद भट्टराई चयन भएका छन्।

Saftey Pads

२ दिनसम्म चलेको समूहको छलफलबाट सर्वसम्मतिले भट्टराई संयोजकमा चुनिएका हुन्। त्यस्तै सद्भाव समूह भारतको सहसंयोजकमा दीपक धामी, महासचिवमा जानकी खनाल, सचिवमा सौजन्य तिमिल्सिना र कोषाध्यक्षमा विष्णु थापा सर्वसम्मतबाट चुनिएका अन्तर्राष्ट्रिय साझा सद्भाव समूहले जानकारी दिएको छ।

त्यसैगरी राष्ट्रिय समिति सदस्यहरूमा हरिस ढाट, भरत भट्टराई, चन्द्रकला भट्टराई, ओम बस्नेत, प्रकाश बोहरा, राम बहादुर शाही, जीवन सम्राट, डम्बर भट्ट, मनमोहन कुशवाह, हरि साउद र विजय थापा हरिन चयन भएका छन्।

तीन सदस्यीय सल्लाहकार समिति समेत रहेको सो समितिमा मीनराज शर्मा प्रमुख सल्लाहकार रहने गरी महेशराज रेग्मी र निशा जोशी मनोनयन भएका छन्।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाए
Maruti Cement