वरिष्ठ साहित्यकार दीक्षित रहेनन्

Prabhu Bank

काठमाडौं। वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन भएको छ।

Saftey Pads

साहित्यकार दीक्षितको बिहीबार बिहान ९७ वर्षको उमेरमा निधन भएको हो।

निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो।

निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई पुतलीसडकस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए। उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो।

दीक्षितका ‘माधवी’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति प्रकाशित छन्। उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए।

अन्य सम्बन्धित समाचार:  बसकाे ठक्करले स्कुटीमा सवार एकै परिवारका तीन जनाको मृत्यु
Maruti Cement