नेकपा सचिवालय बैठक आज

Prabhu Bank

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ।

Saftey Pads

बैठक अपराह्‍न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ।

यसअघि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड विदेशबाट फर्किएपछि मङ्गलबार र बुधबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो।

स्कुल विभागसहित जनवर्गीय सङ्गठनको नेतृत्व लगायत विषयमा विवाद कायमै भएपछि नेकपा सचिवालय बैठक पटकपटक स्थगित हुँदै आएको छ।

स्कुल विभागमा प्रवक्ता नारायणकाजी श्रेष्ठसहित सचिवालय सदस्य ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, बेदुराम भुसालसहित आठ जनाको दाबी रहेको छ।

 

अन्य सम्बन्धित समाचार:  भारतसँग छिट्टै वार्ता हुन्छः परराष्ट्रमन्त्री
Maruti Cement