ला लिगाको पहिलो खेल गुमाउँदै मेस्सी

Prabhu Bank

काठमाडौं। बार्सिलोनाका कप्तान तथा विश्व फुटबलका खेलाडी लियोनेल मेसीले यस सिजनको ला लिगाको पहिलो खेल गुमाउने भएका छन्।

Saftey Pads

हाल इन्जुरीका कारण फिट हुने क्रममा रहेका मेसीले शुक्रबार राति हुने ला लिगाको पहिलो खेल्न नखेल्ने प्रशिक्षक अर्नेस्ट भालभेर्डोले बताएका छन्।

भालभेर्डोले शुक्रबारको खेलमा मेसी खेल्ने सम्भावना निकै कम रहेको बताएका छन्। मेसी खेल्ने अनिश्चित भएपछि बार्सिलोना मेसी बिना नै एथलेटिको बिल्बाओसँगको खेल खेल्ने तयारी गरेको छ। भालभेर्ड़ोले भने, ‘मैले मेसी बिल्बाओविरुद्ध खेलुन् भन्ने कामना गरिरहेको छु, तर मुस्किल देखिएको छ।’

दाहिने तिघ्रामा समस्या भएका कारण मेसी बार्सिलोनाले गरेको प्रि–सिजनको अमेरिका टुरमा समेत सहभागी भएका थिएनन्। सो टुरमा बार्सिलोनाले इटालियन क्लब नेपोलीलाई दुवै खेलमा पराजित गरेको थियो ।

अन्य सम्बन्धित समाचार:  आईपीएलको एउटै खेलमा ३३ छक्का प्रहार

बार्सिलोनाले नयाँ सिजनको पहिलो खेल नेपाली समय अनुसार शुक्रबार राति १२:४५ बजे हुँदै छ।

Maruti Cement